कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ ः १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो वत्ति बालिएको छ ,भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए । सप्तकोशी नदीमा पानीको बहाव बढेका बेलामा दहतरबहतरबाट आउने काठ दाउरा झिक्नका लागि गएका बेलामा जोखिम हुन सक्ने बिषयलाई मध्यनजर गर्दैै नजानका लागि सर्वसधारणलाई आग्रह गरिएको प्रजिअ अर्यालले बताए । नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
- जनजिब्रो न्यूज
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध, राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत […]
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध, राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध, काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य […]
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध, काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार
दोधारा चाँदनी र भीमदत्त जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पुलको ५–६ मिटर भाग माथि उठ्यो पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै […]
दोधारा चाँदनी र भीमदत्त जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो
दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई बैंकको शेयरमूल्य समायोजन भएको छ । नबिल बैंक र गरिमा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार शेयरमूल्य समायोजन गरेको हो । नबिल बैंकको शेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा नेप्सेले नबिल […]
दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ
अशोज १८, २०८३
जनजिब्रो न्यूज
गगन थापाको राजनीतिक प्रतिवेदनमा २९ प्रस्ताव, के छन् मुख्य एजेन्डा?
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। आगामी चार वर्षका लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारको निगरानी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्मका २९ विषय समेटिएका छन्। प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो […]
अशोज १३, २०८३
जनजिब्रो न्यूज
ठूला माछा समात्ने’ प्रकरणमा सरकार पछि हट्नु विडम्बना : बाबुराम भट्टराई
ठूला माछा समात्ने’ प्रकरणमा सरकार पछि हट्नु विडम्बना : बाबुराम भट्टराई काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘ठूला माछा समात्ने’ भनिएको अभियानमा सरकार पछि हटेको भन्दै प्रश्न उठाएका छन्। भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै सरकारको पछिल्लो कदमप्रति टिप्पणी गरेका हुन्। चोलेन्द्र जबरा नियन्त्रणमा […]
अशोज १३, २०८३
जनजिब्रो न्यूज
राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध ७ सांसदले दायर गरे गाली–बेइज्जती मुद्दा
राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध ७ सांसदले दायर गरे गाली–बेइज्जती मुद्दा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध बागमती प्रदेशका ७ जना सांसदले काठमाडौं जिल्ला अदालतमा गाली–बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्। सांसदहरूले सार्वजनिक कार्यक्रममा लिङ्देनले आफूहरूलाई पार्टी नीतिविपरीत गतिविधि गरेको र खरिदबिक्री भएको आशयका अभिव्यक्ति दिएको दाबी गर्दै व्यक्तिगत प्रतिष्ठा तथा चरित्रमा आँच पुगेको […]
अशोज १३, २०८३
जनजिब्रो न्यूज
जनसंख्या बढाउन सुत्केरी बिदामा प्रोत्साहन, महिलालाई ६ महिनासम्म तलबसहित बिदाको प्रस्ताव
जनसंख्या बढाउन सुत्केरी बिदामा प्रोत्साहन, महिलालाई ६ महिनासम्म तलबसहित बिदाको प्रस्ताव काठमाडौं । सरकारले घट्दो जनसंख्या वृद्धिदरलाई ध्यान दिँदै सुत्केरी तथा प्रसूति स्याहार बिदा बढाउने प्रस्ताव गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधिसभामा पेश गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ मा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी […]
कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, कसलाई कति?
कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, कसलाई कति? काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूको मनोनयन शुल्क तोकिएको छ। कांग्रेसको एक पक्षले सार्वजनिक गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रीय सभापतिसम्मका विभिन्न पदका लागि शुल्क निर्धारण गरिएको हो। केन्द्रीय पदमा उम्मेदवारी शुल्क कति? निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ मनोनयन […]
अशोज १३, २०८३
जनजिब्रो न्यूज
थप पढ्नुहोस्
हर्क साम्पाङ र दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता
मोरङ , असाेज ११। धरानका तत्कालीन मेयर हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ । फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरिएको छ […]
अशोज ११, २०८३
जनजिब्रो न्यूज
थप पढ्नुहोस्
काठमाडौं, असाेज ४ । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन् । ‘बिग बोस २०’को आगामी ‘वीकेन्ड का वार’ एपिसोडमा उनी ट्रोलरहरूमाथि खुलेर आक्रोशित देखिएका हुन् । शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । […]
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?
काठमाडौं, असाेज 2 । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निजत (स्यास) प्रदान गर्दै औपचारिक रूपमा सार्वजनिक गरिएको हो । यस वर्षको अन्तिम प्रतिस्पर्धाका लागि प्रियशिखा […]
मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा
काठमाण्लडाै, असाेज १ स एन्जलस (भेराइटी) । सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ। ‘हामी ३० वर्षदेखि यो हिमाल चढ्ने प्रयास गरिरहेका छौं,’ ट्रेलरमा सेनाका कर्नेल जोन हन्ट भेला भएका आरोहीलाई भन्छन्, ‘सबैभन्दा पहिले माथि पुग्न बेलायत हामीमाथि निर्भर छ ।’ त्यो हिमाल हो, विश्वकै अग्लो […]
नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक
काठमाडौं, असाेज १ । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स सिनेमाजमा बुधबार कचलचित्रको प्रिमियर गरिएको हो । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यु नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यो चलचित्र यही असोज २ गते (शक्रबार)देखि […]
चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा
कलाकार भन्छन् : तीज मनाउने शैली बदलियो, भावना बदलिनु हुँदैन काठमाडौं, भदाै २९। भदौ महिना प्रारम्भ हुनसाथ नेपाली समाजमा तीजको रौनक छाउँछ । रातो साडी, चुरा, पोते र गहनामा सजिएका महिलाहरू, दर खानेहरुको जमघट, तीजका गीत र नाचगानले गाउँदेखि सहरसम्मको वातावरण रंगीन बन्छ । विशेषगरी महिलाहरूको पर्वका रूपमा मनाइने तीज नेपाली समाजमा धार्मिक आस्था मात्र […]
कलाकारको आँखामा तीज : रातो साडी माइतीको सम्झना र बदलिँदो संस्कार
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा काठमाडौं भदाै २८। नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ । अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको […]