अर्घाखाँचीमा सम्पन्न कार्यशाला
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एक दिवसीय कला–कार्यशाला सम्पन्न भएको छ।
आइतबार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा उक्त कार्यशाला सम्पन्न भएको हो।
विद्यार्थी सहभागिता र क्षेत्रीय पहुँच
कार्यशालामा अर्घाखाँची पालीस्थित श्री कमला मा.वि.का ५० भन्दा बढी र आसपास क्षेत्रका अन्य विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
कलाकार र सहभागीहरूको योगदान
कार्यशालामा दिनेश्वर महतो, मन गोल्डी, लीलाधर केसी, विष्णु सुवेदी, करिस्मा महत्रा, नवराज महत्रालगायतका कलाकारसँगै विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो।
कलाका आधारभूत ज्ञान र अभ्यास
स्थानीय विद्यार्थीहरूले कागजमा आफ्ना अनुभूतिहरूलाई उतारेका थिए भने उनीहरूलाई कलाकार केशवराज खनालले कलाका आधारभूत ज्ञानको प्रशिक्षण दिएका थिए।










































