सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु

चन्द्रनगर गाउँपालिका–२ मा भएको दुर्घटना

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ स्थित बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट वृद्धा गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार बिहान करिब १० बजे बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बिआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय अन्दाजी ६५ वर्षीया शान्ती देवी ठाकुरको मृत्यु भएको हो।

टाउको र ढाडमा चोट लागेपछि उपचारका लागि रेफर

दुर्घटनामा गम्भीर घाइते भएकी शान्ती देवीको टाउको, निधार र ढाडमा चोट लागेको थियो। घाइते शान्ती देवीलाई उपचारका लागि तत्काल अमृत हेल्थ केयर, बयलबासमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि दिउँसो करिब १ बजे वीरगञ्ज पठाइएको थियो।

वीरगञ्जमा उपचारकै क्रममा मृत्यु

तर, हिजै दिउँसो करिब ४ बजे वीरगञ्जस्थित वीरगञ्ज न्यूरो अस्पतालमा उपचारका उनको मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ३ बर्कुरवा बस्ने अन्दाजी २० वर्षका विशाल महतोलाई नियन्त्रणमा लिई प्रहरी चौकी मोहनपुरमा राखेको छ।

दुर्घटनाबारे थप अनुसन्धान जारी

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *