पत्रकार दिनेश सिटौलाको निधन

ब्रेन ह्यामरेजका कारण असामयिक निधन

काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो ।

चुनावी अभियानका क्रममा अचानक बेहोस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौलाअछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालमा उपचारको प्रयास असफल

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज मृत घोषणा गरेका हुन् ।

दाहसंस्कार र योगदान

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *