चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

हाङ्झाउमा एआई प्रविधिमा आधारित रेस्टुरेन्टको परीक्षण सञ्चालन

काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।

१०० भन्दा बढी परिकार तयार गर्न सक्षम रोबोटिक आर्म

रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पु¥याउने काम गर्दछ ।

ग्राहकको प्रतिक्रिया : स्वाद सन्तोषजनक

रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रुचिअनुसारकै छ । अलि नरम भएको भए अझ राम्रो हुन्थ्यो,” उनले भने ।

विज्ञान–कथा सपना पूरा भएको अनुभूति

अन्य केही ग्राहकका लागि भने यो अनुभव बाल्यकालको विज्ञान–कथा (साइ–फाइ) सपना जस्तै लागेको छ । एक ग्राहकले भने, “सानो हुँदा कार्टुनमा रोबोटले खाना पकाएको देख्थेँ । अहिले त्यो बाल्यकालको सपना पूरा भएको जस्तो लाग्यो।”

खाना, कफी र सरसफाइका लागि १० भन्दा बढी रोबोट

हाल उक्त रेस्टुरेन्टमा १० भन्दा बढी रोबोट सञ्चालनमा छन् । तीमध्ये केहीले खाना पकाउने, नुडल्स र कफी बनाउने काम गर्छन् भने केही रोबोटले भुइँ सफा गर्ने काम गरिरहेका छन् ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *