आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकियो, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

सोतोकान कराते संघको २८औं वार्षिकोत्सव अवसरमा प्रतियोगिता

काठमाडौं । नेपाल सोतोकान कराँते संघको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकिएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन भएको थियो ।

प्रतियोगिताको अध्यक्षता र सहभागी वर्ग

उक्त प्रतियोगिताको अध्यक्षत नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले गरेका थिए । दुई दिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा भएको थियो । खेलमा कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतिस्पर्धा गरिएको थियो ।

विभिन्न उमेरसमूह र तौल वर्गमा प्रतिस्पर्धा

कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) तर्फ १५ केजी, २० केजीमुनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा भएको थियो । यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा भएको हो । सब जुनियर (१०–१२ वर्ष) काता र कुमुतेमा पनि खेल भएको हो भने ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा भएको हो ।

क्याडेट, जुनियर, सिनियर र भेट्रान वर्गको खेल

क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनुका साथै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा भएको हो । जुनियर कुमुते (१६–१८ वर्ष) पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गरिएको थियो । सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा खेल भएको हो । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा भएका थिए । महिला टिम खुला र पुरुष टिम कातामा खेल भएको थियो ।

विजेता टोली र सर्वोत्कृष्ट फाइटर

प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गरेका थिए । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिएको आयोजकले जानकारी दिए ।

  • Related Posts

    १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै

    पोखरा रंगशालामा खेल सञ्चालन काठमाडौं । पोखरा अन्तरराष्ट्रिय…

    Continue reading
    दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई

    काठमाडौंमा सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगिता काठमाडौं । च्यामा–काठमाडौं…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *