आज कोशी र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

तराईमा हुस्सु र पहाडी–हिमाली क्षेत्रमा सफा मौसम

त्यस्तै महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो तराईका केही स्थानमा कुहिरोको अवस्था

त्यस्तै, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

कोशी र गण्डकीमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

रातीको मौसम पूर्वानुमान

आज राती तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *