पत्रकारले पनि देश चलाउन सक्छन् : सञ्चारमन्त्री खरेल

पत्रकार नेतृत्वप्रति मन्त्री खरेलको विश्वास

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन् ।

पुरातन राजनीतिक मूल्य तोडिँदै

शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको बताए ।

पत्रकारले पनि देश चलाउन सक्छन्

उनले भने, ‘एउटा पत्रकार, सञ्चारकर्मीलाई समाचार लेख्न मात्रै होइन आवश्यक परेमा पत्रकारले देश चलाउन सक्छन् । मन्त्रालय, वडा, पालिका र प्रदेश चलाउन सक्छन भन्ने मान्यताहरु स्थापित हुदैँ गएका छन् ।’

सञ्चारकर्मी राष्ट्रका जानकार

सञ्चारकर्मीलाई देशको बारेमा थाहा नभएको केही कुरा नभएको पनि उनको भनाई छ ।

इमान र प्रतिष्ठाप्रति सचेत

उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन् भन्ने कुरामा सँधै सचेत रहेको बताए ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *