फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

निर्वाचन आयोगले छपाइको काम तीव्र बनायो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ

हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।

पूर्ण रूपमा तयार भएका जिल्लाहरू

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र पूर्ण रूपमा तयार भइसकेका छन् । त्यस्तै दैलेखका दुवै निर्वाचन क्षेत्र, सुर्खेतका क्षेत्र नं. १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ तथा सुनसरी क्षेत्र नं. १ का मतपत्र छपाइ सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

नमूना मतपत्र वितरण

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा वितरण गरिसकिएको छ ।

समानुपातिक प्रणालीतर्फ मतपत्र तयारी

यसैगरी समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाखभन्दा बढी मतपत्र छपाइको काम पनि पूरा भएको छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *