१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै

पोखरा रंगशालामा खेल सञ्चालन

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्।

पहिलो खेल : बंगलादेश बनाम भारत

पहिलो खेल बंगलादेश र भारत बीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ।

दोस्रो खेल : नेपाल बनाम भूटान

दोस्रो खेल घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग खेल्ने छ।

नेपाल र भूटान दबाबमा

नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ।

बंगलादेश र भारतको अवस्था

बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अकं जोडेका छन्।

प्रतियोगिताको संरचना

प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन्। लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

  • Related Posts

    आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकियो, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

    सोतोकान कराते संघको २८औं वार्षिकोत्सव अवसरमा प्रतियोगिता काठमाडौं…

    Continue reading
    दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई

    काठमाडौंमा सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगिता काठमाडौं । च्यामा–काठमाडौं…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *