इजरायली डिफेन्स फोर्सद्वारा नेपाली नागरिक विपिन जोशीको निधनको औपचारिक घोषणा

काठमाडौं, असोज २७।
इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका नागरिक विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ। आइडिएफले जोशीका परिवार र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो कन्फरेन्समार्फत ‘हि इज नो मोर’ भन्ने जानकारी गराएको दूतावासले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा गरेको आक्रमणका क्रममा जोशीसहित २ सय ५१ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४८ जना अझै हमासको नियन्त्रणमा रहेका थिए। आइडिएफका अनुसार, तीमध्ये २० जना जीवित बन्धकलाई आजै रिहा गर्ने प्रक्रिया सुरू भएको छ।

हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगाएको जनाएको छ। पहिलो चरणमा ७ जना, दोस्रो चरणमा १३ जना बन्धक रेडक्रसलाई हस्तान्तरण गरिएको हो।

इजरायली सञ्चारमाध्यम ‘द टाइम्स अफ इजरायल’का अनुसार, अब हमासको नियन्त्रणमा कुनै जीवित बन्धक बाँकी छैनन्। बाँकी २८ जनाको शव मध्ये केही आजै हस्तान्तरण गरिने बताइएको छ।

तर, नेपाल सरकारले भने आइडिएफको यो विवरणलाई पूर्णरूपमा पुष्टि भएको बताउन सकिने अवस्था छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, आधिकारिक पुष्टिको प्रतिक्षा अझै जारी छ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *