प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन

उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा

निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।

त्यस्तै उनले देशलाई निकास नदिई,जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको धराणा राखे ।

आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागिता रहेको छ । प्रदर्शनका क्रममा भुसाललगायत केही

माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’

जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सार्दै ‘जेनजीको माग चुनाव होइन,

सुशासन हो’ नारा लगाएका छन् ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *