झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् ।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी

चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।
सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले

अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् ।
उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै

चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ । मैंले किताबमा पढेको थिए–हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफै परें ।

अहिले यस्तो गति भयो मेरो । मलाई बचाउनको लागि जसले जति प्रयास गर्नु भएको छ उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’
भदौ २४ गते बिहान खनाल दम्पत्ती बसोबास गर्ने काठमाडौं डल्लु निवासमा भएको आगलागीमा चित्रकारको शरीरको

करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *