सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता, फागुन २१ को निर्वाचनबारे छलफल

सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता

ओली निवास गुण्डुमा भेटवार्ता

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् ।

निर्वाचनको वातावरण बनाउन सरकारको प्रयास

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीतिक दलहरूसँग तीव्र रूपमा वार्ता गरिरहेको बताए । औपचारिक रूपमा निर्वाचनको वातावरण निर्माण गर्न र नेकपा एमालेलाई निर्वाचनमा सहभागिताका लागि थप उत्साहित गर्न आफू ओली निवास पुगेको उनले बताए ।

एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट

मन्त्री खरेलले नेकपा एमालेले निर्वाचनको विरोध नगरेको र निर्वाचनमा सहभागी हुने कुरा स्पष्ट गरिसकेको उल्लेख गरे । ‘नेकपा एमालेले निर्वाचनबाट नभाग्ने र स्वीकार गर्ने भनिसकेको छ । हामीले ढुक्कसँग निर्वाचनमा भाग लिन आग्रह गरेका छौँ,’ उनले भने ।

निर्वाचन सुरक्षाबारे ओलीको चासो

उनका अनुसार भेटवार्तामा फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा छलफल भएको र चुनावमा जाने विषयमा एमालेको कुनै असहमति नरहेको कुरा उठेको थियो । तर एमाले अध्यक्ष ओलीले निर्वाचन सुरक्षाको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए ।

सुरक्षित रूपमा मतदान हुने आश्वासन

मन्त्री खरेलले सरकारको तर्फबाट निर्वाचनका लागि आवश्यक वातावरण बनेको र भोट माग्ने तथा भोट हाल्ने प्रक्रिया सुरक्षित रूपमा सम्पन्न हुने विषयमा आश्वस्त पारिएको बताए ।

स्थान हद र सुरक्षाबारे सरकारको स्पष्टता

सरकारले लगाएको स्थान हदबारे ओलीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खरेलले भने, ‘ओलीज्यूले सुरक्षाको वातावरण बनाउनुपर्ने कुरा गर्नुभएको छ । सरकारको लक्ष्य नै निर्वाचन हो । यो लक्ष्य प्राप्तिका क्रममा कुनै अल्झन, अप्ठ्यारा वा चुनौती छन् भने तिनलाई सहज बनाउँदै निर्वाचनको गन्तव्यमा पुग्ने गरी सरकारले आवश्यक वातावरण बनाउँछ र बनाएरै अघि बढ्छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *