१३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस विशेष कार्यक्रमसहित मनाइँदै

यसपाली १३ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस यसरी मनाईदै

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका बर्षहरुमा झै यो बर्ष पनि बिशेष कार्यक्रम सहित १३ औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने भएको छ। २०७० सालमा नेपालको राष्ट्रिय औपचारिक पोशाकको माग गर्दै सुरु भएको पोशाक दिवस १३ बर्षमा प्रवेश गर्दैछ।

प्रतिष्ठानले पुस १६ गते साँझ बसन्तपुरमा जेन्जी आन्दोलनमा घाइते भएका सहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ भने पुस १७ गते जनावरी १ का दिनमा बिहान ८ बजे पन्चेबाजा सहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गर्ने भएको छ।पुस १७ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा देशला विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिनुभयो।

अभिनन्दनमा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल,नेपाल जेसिजका बर्ष २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ कि ताज बिजेता लुना लुइँटेल,टोपी अभियान्ता शंकर बन्जाडे,गीतकार लोकराज अधिकारी,पत्रकार राजन नेपाल,पत्रकार भोजराज थापा, अरबिन्द गौतम,तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल,लेखिका अर्चना झा,आध्यात्मिक प्रवाचकहरु संजेलजी महाराज,दिपकिशोर भट्टराई,कबिन्द्र न्यौपाने(बामन) लगायतलाई विभिन्न बिधा अन्तर्गत सम्मान अभिनन्दन गरिने भएको छ।

पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा बैंकर अनिल केशरी शाह, अभिनेता प्रदिप खड्का,दलित आयोगका अध्यक्ष माननीय देवराज बिश्वकर्मा, मधेसी आयोगका अध्यक्ष माननीय डा. वीजय कुमार दत्त, डा. भवानी राणा सहित नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्री माननिय जगदिश खरेलको उपस्थितिमा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन।

संसारभरिका नेपालीहरुलाई पोशाक र संस्कृति मार्फत एकत्व गराउने अभियानले सार्थकता प्राप्त गरेको अभियानको निष्कर्ष रहेको छ।

Related Posts

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलोपटक नेपाल आदिवासी ज्ञान महोत्सव आयोजना गर्दै

प्रतिष्ठानको रजत जयन्तीमा पहिलो आदिवासी ज्ञान सम्मेलन काठमाडौं…

Continue reading
सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख

फिल्मको बक्स अफिस कमाइ रिपोर्ट काठमाडौं । अभिनेता…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *