नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँ : सञ्चारमन्त्री खरेल

नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँ : सञ्चारमन्त्री खरेल

ICT Award–२०२५ विजेतासँग अन्तरक्रिया

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् ।
आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे ।

डिजिटल नेपालको रोडम्याप र भविष्य

सञ्चारमन्त्री खरेलले भने,
‘डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो ।’

मन्त्रालयको पुलको भूमिका

मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्रालयको रुपमा सञ्चारमन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाए ।

चुनौती र नीतिगत तयारी

उनले सूचना प्रविधिको विकासका लागि बजेट प्रयाप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको समेत कार्यान्वयनमा सिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गरे ।
उनले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी दिँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको बताए ।

ICT क्षेत्रको सम्मान र अन्तरक्रिया

अवार्ड विजेताहरुसँग मन्त्रालयले अन्तरक्रिया गरेर राज्यले यस क्षेत्रप्रतिको सम्मान गरेको बताए ।
उनले भने, ‘निजी क्षेत्रबाट कुनै संस्थाको अग्रसरतामा तपाईंहरु सम्मानीत हुनुभएको छ, जहाँ सरकार जोडिएकै हुन्छ, त्यसैले यो सम्मान राज्यको सम्मान हो । तपाँइहरको सवाल डेढ घण्टासम्म सुनेर ग्रहण गरेका छौँ ।’

नवप्रवर्तन, स्टार्टअप र सहकार्यमा जोड

मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारसँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए ।

आगामी निर्वाचन र डिजिटल मतदान

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताए ।
आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उनको आग्रह थियो ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *