ठगीबाट सचेत रहन लण्डनस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायतमा ‘वर्क परमिट’ ठगीको वृद्धि

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपालीहरूलाई ठगीबाट बच्न आग्रह

दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो ।

ठगी गर्नेको पहिचान र घटना विवरण

‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

बेलायतमा काम खोज्ने नेपालीको जोखिम

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ ।
ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरुको संख्या धेरै रहेको दुतावासले जनाएको छ ।

उजुरी र कानुनी प्रक्रिया

यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *