वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

७ पुष २०८२, सोमवार

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।

नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना

आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा

रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं,

सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ ।

उनले भने “असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु

स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्”।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिले मुलुकको व्यवस्थापिका, कार्यपालिका, न्यापालिका र चौथौं अंगको रुपमा रहेको हाम्रो

मिडिया जगत चारैतर्फ भएको आक्रमण पछाडि चुनौतिको सामना गर्दै संगठित भएर अगाडि बढीरहेका छौं ।

रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई फेरी लिकमा लिएर आउने प्रक्रियालाई हामी अगाडि बढाउन चाहन्छौं ।

यो अवस्थामा हामीले पहिलाको जसरी नै स्वतन्त्र रुपमा, निष्पक्ष रुपमा,निर्भिक रुपमा र भयरहित अवस्थामा अगाडि बढ्न आवश्यक छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *