अल जेनजी मुभमेन्टले अघि सार्यो सर्वपक्षीय राष्ट्रिय सरकारको माग
१. प्रधानमन्त्री सुशीला कार्कीको विकल्प खोज्दै ‘अल जेनजी मुभमेन्ट’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक
भएकोसमेत आरोप लगाएको छ ।
२. सिंहदरबार दक्षिण गेटमा प्रहरी धरपकड: युवा नेताहरूको आक्रोश
अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे ।
खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो
सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यीक भएन र ।’
३. “पुरानै शैलीको पुनरावृत्ति”: सुशीला कार्की सरकारमाथि गम्भीर आरोप
हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे ।
गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाए।
४. सर्वपक्षीय राष्ट्रिय सरकार: देशको निकासका लागि निर्विकल्प मार्ग
गजुरेलले थपे, ‘सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन ।’
५. सुशीला कार्की भर्सेस मिराज जेनजी: देश द्वन्द्वतिर जाने चिन्ता
माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनीहरुले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द्व चर्किनेप्रति चिन्ता व्यक्त गरे ।
सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनीहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै भने, ‘सुशीला सरकार भर्षेश मिराज जेनजी
हुनु देश संकटतिर जानु जस्तै हो ।’
६. प्रहरी दमनको विरोध: सरकारले माफी माग्नुपर्ने डा. पोखरेलको माग

डा.शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकाले सरकारले माफी माग्नुपर्ने माग गरे ।
७. अधिकार कुण्ठित गरिए ठूलो विद्रोह हुने चेतावनी
जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।
८. राष्ट्रिय मुक्तिका लागि राजनीतिक निकासको दाबी
अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे ।
९. गिरफ्तारी र प्रहरी वृत्त अनामनगरको घटना
आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई
प्रहरीले गिरफ्तार गरेर सिंहदरबार प्रहरि वृत्त अनामनगरमा लगेको थियो ।











































