केन्द्रीय समितिको बैठक आइतबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोली (आइतबार) बस्ने भएको छ ।
पार्टी सभापतिको निर्देशनमा बैठक
बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफल
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।
केन्द्रीय समितिका सदस्यलाई अनिवार्य उपस्थितिको आग्रह
पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।











































