आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणको सूचना

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युत बन्द

प्राधिकरणले एक सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।

वितरण प्रणाली भूमिगत गर्ने कार्य जारी

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ ।

प्राविधिक उपकरण जडानका लागि विद्युत आपूर्ति बन्द

यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि विद्युत आपूर्ति बन्द लागेको छ ।

काठमाडौं विद्युत आपूर्ति बन्द

प्रभावित क्षेत्रहरू

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

असुविधाप्रति प्राधिकरणको क्षमायाचना

प्राधिकरणले विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा विद्युत आपूर्ति सुचारु हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।

थप प्रभावित क्षेत्रहरू

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

सुरक्षा निकाय आसपासका क्षेत्र पनि प्रभावित

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *