पिकासो (Picasso) — स्पेनमा जन्मिएका विश्वप्रसिद्ध चित्रकार — जिनको चित्रहरू संसारभर करोडौं, अरबौं रुपैयाँमा बिक्थे।
एक दिन उनी बाटो हिँडिरहेका थिए। संयोगवश, एक महिलाले उनलाई देखिन् र तुरुन्तै दौडिँदै पुगिन्।
“सर! म तपाईंकी ठूलो फ्यान हुँ। तपाईंको पेन्टिङ मलाई धेरै मन पर्छ। कृपया मेरो लागि पनि एउटा पेन्टिङ बनाइदिनुहोस्।”
पिकासो मुस्कुराए।
उनी भन्थे — “म अहिले खाली हात छु। पछि कहिले भेट भयो भने बनाइदिन्छु।”
तर ती महिलाले भनिन्, “मलाई अहिले नै बनाइदिनुहोस्। फेरि भेट हुन्छ कि हुँदैन थाहा छैन।”

पिकासोले आफ्नो जेबबाट सानो कागज निकाले र १० सेकेन्डमै एउटा पेन्टिङ बनाए।
त्यो पेन्टिङ दिँदै भने,
“यो लिनुस, मिलियन डलरको पेन्टिङ हो।”
महिला अचम्म परिन् — १० सेकेन्डमा बनेको चित्र मिलियन डलरको कसरी हुन सक्छ?
तर उनले केही नबोली घर गइन् र पछि बजारमा गएर सोधिन्।
अनि थाहा पाइन् — पिकासोले भनेको बिल्कुल सही रहेछ।
उनी फेरि दौडँदै पिकासो कहाँ पुगिन् र भनिन्,
“सर, तपाईंको कुरा सहि रहेछ। यो साँच्चिकै मिलियन डलरकै पेन्टिङ रहेछ।”
पिकासोले मुस्कुराउँदै भने,
“मैले पहिले नै भनेको थिए नि।”
महिलाले भनिन्,
“सर, मलाई पनि तपाईं जस्तै सिकाइदिनुस। म पनि १० सेकेन्डमा यस्तो पेन्टिङ बनाउन चाहन्छु।”
पिकासो फेरि मुस्कुराए र भने,
“मैले यो १० सेकेन्डमा बनाएको पेन्टिङ बनाउन सिक्न ३० वर्ष लगाए।”
👉 सन्देश स्पष्ट छ:
सफलता कहिल्यै रातारात आउँदैन।
जब हामी अरूको सफलता देख्छौं, हामीलाई सजिलो लाग्छ —
तर त्यस सफलताका पछाडि वर्षौंको मेहनत, सङ्घर्ष र त्याग लुकेको हुन्छ।
जस्तै परीक्षा ३ घण्टाको हुन्छ,
तर त्यसका लागि पूरै वर्ष तयारी गर्नुपर्छ।
त्यसरी नै सफलता पनि दिनरातको तयारी माग्छ।
🔥 याद राख्नुस्:
-
सफलता अनुभव र संघर्षको परिणाम हो।
-
जसको सपना बलियो हुन्छ, उसले लक्ष्य पाउँछ।
-
पखेटाले होइन, हौसलाले उडान हुन्छ।
जीवनमा प्रयास जरुरी छ,
सफलता मिलोस् वा अनुभव — दुबै अमूल्य छन्। ✨











































