स्वस्तिमा खड्काको नाममा ठगी, सामाजिक सञ्जालमा सतर्क रहन आग्रह

स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको खुलासा

काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।

आफूले नपठाएको सन्देशमा नझुक्किन आग्रह

उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’

आर्थिक कारोबारअघि पुष्टि गर्न अनुरोध

नायिका खड्काले यस्ता गतिविधिबाट सावधान रहन र कुनै पनि आर्थिक कारोबार अघि राम्रोसँग पुष्टि गर्न समेत आग्रह गरेकी छन् ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *