सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा अनुगमन
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ ।
कानुन र सञ्चारमन्त्रीसहितको टोलीको सहभागिता
बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।
जनमत पार्टी नेतृत्वसँग छलफल
अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।

चुनावी तयारीबारे सरकारको भनाइ
अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए ।
फागुन २१ मा चुनाव गर्ने सरकारको तयारी
उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र कुराकानी गरेका छौं । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको भनेर अध्यक्ष ज्यू ले जानकारी गराउनु भएको छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ ।











































