टिकटकमार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने तीन जना पक्राउ

टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

कमला नगरपालिकामा दुई समुदायबीच विवाद

जनकपुर । धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

टिकटकमा अभद्र टिप्पणी गरेको आरोप

प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।

धर्म सम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

भिडियोपछि युवाहरु आक्रोशित

ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समुहले कमला नगरपालिका ६ सखुवा टोलमा रहेको मस्जिदमा तोडफोड गरी कागजपत्रहरु निकाली धार्मिक ग्रन्थहरुसमेत जलाएका थिए ।

मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाएको आरोप

सोही तोडफोड र धार्मिक ग्रन्थहरु जलाएको आरोपमा धनुषा प्रहरीले सोही वडाका २५ वर्षिय कपिल भन्ने प्रताप साहलाई नियन्त्रणमा लिएको छ ।

अर्का आरोपीमाथि पनि धर्म सम्बन्धी कसूर

साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धि कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

थप संलग्नको खोजी र प्रहरीको चेतावनी

उक्त घटनामा थप केही व्यक्तिहरुको संलग्नता रहेकोले उनीहरुको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ । साथै कुनै पनि सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि खल्ल पुर्याउने खालका सामग्री, भिडियो, अडियो, पोस्ट जस्ता कुराहरु अपलोड नर्गन धनुषा प्रहरीले सचेत गराएको छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *