कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा बादल

जसका कारण गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लागिरहेको छ ।

तराई भू–भागमा हुस्सु र कुहिरो

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

विभिन्न प्रदेशमा आंशिक बादल

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

रातिको मौसम अवस्था

यस्तै, आज राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।

हल्का हिमपात र वर्षाको पुनः सम्भावना

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *