अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यका लागि हो : अध्यक्ष यादव

सप्तरी–३ मा चुनावी अभियानका क्रममा अभिव्यक्ति

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।

संविधान संशोधन वा पुनर्लेखनको आवश्यकता

प्रतिनिधि सभा निर्वाचन सप्तरी क्षेत्र नं. ३ का उम्मेदबारको रुपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने बताएका हुन् ।

वर्तमान संवैधानिक संरचनाप्रति आलोचना

‘आजको नेपाल पुरानै संबैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय । राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ’, जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै उनले भन, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समास्याहरूको समाधान गर्न संविधान संशोधन÷पुनर्लेखन गरेर देशलाई निकास दिन पर्दछ ।’

जातीय पहिचानसहित प्रदेश संरचनामा अडान

राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्सरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको उनले बताए ।

संघीयता र नयाँ पुस्ताको भविष्यप्रति प्रतिबद्धता

संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै अध्यक्ष यादवले भने, ‘संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो । अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *