प्रदेश र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश साक्षर हुन सक्दैन : मन्त्री महावीर पुन

प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन

साक्षर मधेश प्रदेश घोषणाको तयारी गोष्ठी

जनकपुर । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।

शिक्षा समस्याको समाधानमा प्रदेश र स्थानीय तहको भूमिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।

केन्द्र, प्रदेश र स्थानीय तहबीच कार्यविभाजन आवश्यक

उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्द्र सरकारले पछाडि बसेर त्यसमा सहयोग गर्ने बताए ।

मधेशलाई साक्षर प्रदेश बनाउने सरकारको लक्ष्य

मन्त्री पुनले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए । उनले तीनै तहको सरकारले मिलेर काम गरे मधेश साक्षर प्रदेश चाँडै घोषणा हुने बताए ।

विद्यालयमा राजनीतिकरणले शिक्षाको स्तर खस्किएको दाबी

विद्यायलहरुमा राजनीतिकरण हावी हुनु नै मधेश प्रदेशको शिक्षाको स्तर खस्किनुको मुख्य कारण रहेको मन्त्री पुनले बताए । उनले देशभरिमै ५० प्रतिसत भन्दा बढी गुनासो मधेश प्रदेशबाटै आउने गरेको जानकारी दिए । उनले विद्यालयहरुमा व्यवस्थापन समितिले मनोमानी गरेको गुनासोहरु मधेश प्रदेशबाट दिनहु आउने गरेको बताए ।

विद्यार्थी बिना शिक्षक रहेको विद्यालयको तथ्य

मन्त्री पुनले मधेश प्रदेशको कतिपय विद्यालयहरुमा शिक्षकले तलप खाइरहेको तर विद्यार्थी भने एउटा पनि नरहेको पाइएको बताए । उनले ती विद्यालयहरुको नाम संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *