मकवानपुर सुमो दुर्घटनामा ६ को मृत्यु, घाइतेको पहिचान खुल्यो

मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान

दुर्घटनाको स्थान र अवस्था

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

मृतकहरूको विवरण

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा:

  • भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार

  • मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल

  • हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल

  • भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरबिन्द कुमार

यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

घाइतेहरूको विवरण र उपचार

दुर्घटनामा घाइते हुनेमा:

  • सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा

  • दुर्घटनामा मृत्यु भएकी सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल

  • रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी

गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ भने रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *