च्याउ खेतीमा प्रविधि र दक्ष जनशक्ति पर्याप्त छैन : कृषि मन्त्री मदन परियार

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन् : मन्त्री परियार

नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना

काठमाडौं । कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा मन्तव्य

मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए ।

प्रविधि र दक्ष जनशक्तिको अभावबारे धारणा

साथै उनले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धानगरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन नसकेको धारणा राखे ।

मन्त्री परियारको स्पष्ट भनाइ

उनले भने,‘नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छ । नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातिको अध्ययन अनुसन्धान गरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन सकेको छैन् ।’

आधुनिक प्रयोगशाला निर्माणको तयारी

च्याउ गुणस्तर नियमन तथा विऊ उत्पादन परिक्षण लगायतका कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण यसै वर्ष सम्पन्न हुने उनले जानकारी गराए ।

न्यून आय भएका कृषकका लागि अवसर

मन्त्री परियारले न्यून आय स्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती हुनसक्ने धारणा राखे ।

Related Posts

आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै

विश्वभर सिमसार संरक्षणमा सचेतना कार्यक्रम काठमाडौं । आज…

Continue reading
पूर्वराजदूत डा. कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

मतदाता तथा कार्यकर्ता भेटघाट संखुवासभा । आसन्न प्रतिनिधि…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *