नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्तरण

नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण

मधेश प्रदेश सरकारलाई नीतिपत्र हस्तान्तरण

जनकपुर । नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

जनकपुरधाममा आयोजित समर्पण कार्यक्रम

शुक्रबार जनकपुरधाममा आयोजित समर्पण कार्यक्रममा उक्त नीतिपत्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरिएको छ ।

तराई, पहाड र हिमालका बाढी जोखिम समेटिएको नीतिपत्र

अमेरिकन सोसाइटी अफ नेपलीज इन्जिनियर्स (एएसएनइएनजीआर) अमेरिकाद्वारा तयार गरिएको उक्त नीतिपत्रमा नेपालको तराईसहित हिमाल र पहाडी भेगमा आउने बाढीको मुख्य कारण, बाढी बाट बच्न अपनाउनु पर्ने सावधानी, बाढी आईसकेपछि गर्नु पर्ने कार्यहरु र बाढी समाप्त भइसकेपछि गर्नु पर्ने कुराहरुलाई विस्र्तत रुपमा समावेश गरिएको एएसएनइएनजीआर अमेरिकाका सञ्चालक समितिमध्येका उपेन्द्र लाल कर्णले जानकारी दिए ।

हिमताल फुट्ने र भूस्खलनजन्य बाढीसमेत समेटिएको

उनले उक्त नीतिपत्रमा विज्ञहरुको टोलीले नेपालका तराई मात्र नभएर हिमाली र पहाडी भेगमा अकस्मात आउने बाढी (हिमताल फुटेर, भूस्खलन) बाट बच्ने उपायहरु बारे प्रष्ट पारिएको जानकारी दिए ।

नीति निर्माणमा सरकारलाई सहयोग पुग्ने अपेक्षा

उनले उक्त नीतिपत्रमा समावेश गरिएका बुंदाहरुले सरकारलाई बाढीको जोखिमबाट बच्न नीति निर्माणमा सहयोग पुग्ने बताए । उनले उक्त नीतिपत्र राष्ट्रपतिलाई पनि बुझाइसकेको र आज मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए ।

मधेश प्रदेश सरकारको प्रतिबद्धता

नीतिपत्र बुझ्दै प्रदेश प्रमुख डा. लाभले उक्त नीतिपत्रको आधारमा मधेश प्रदेश सरकारले विपद्व्यवस्थापन सम्बन्धी नीति निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *