नेपालको अस्थिरता र नेतृत्व संकट : Gen-Z पुस्ताको माग अनुसार संविधान संशोधन जरुरी

काठमाडौं । साँचो राजनीतिक नेतृत्व भनेको शक्ति देखाउनु होइन, जनताको सेवा गर्नु हो। तर नेपालमा पछिल्लो १२ वर्षको तथ्यांकले देखाउँछ—सरकारभन्दा अस्थिरता नै स्थिर बनेको छ।

२०७० देखि २०८२ सालसम्म नेपालले १० वटा सरकार र ३८४ मन्त्री देख्यो। सुशील कोइरालादेखि केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा हुँदै अहिले सुशीला कार्की अन्तरिम सरकार प्रमुख बनेकी छिन्। यस्तो दरमा सरकार परिवर्तन हुँदा दीर्घकालीन विकास र स्थिरता सधैं उपेक्षित भएको छ।

२०७२ सालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो त दिएको छ, तर अस्थिरतामात्र जन्माएको आरोप छ। प्रधानमन्त्री हटाउने सजिलो प्रक्रिया, दल फुटाउने सहज बाटो, गठबन्धनकै भरमा सरकार सञ्चालनजस्ता कारण स्थायित्वमा धक्का पुगिरहेको छ।

Gen-Z पुस्ताले भने स्पष्ट माग अघि सारेका छन्। उनीहरू भन्छन्—स्थिर सरकार बिना समृद्धि सम्भव छैन। त्यसका लागि संविधानमा संशोधन गरेर प्रदेश सरकार खारेज गर्नुपर्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ, भ्रष्टाचारमा कडा कारबाही गर्नुपर्छ र सनातन धर्म सापेक्ष राष्ट्रको संरक्षण गर्नुपर्छ।

अब्राहम लिंकन, महात्मा गान्धी, जोन एफ. केनेडी र नेल्सन मण्डेलाका भनाइहरूले पनि यही देखाउँछन्—नेतृत्व शक्ति देखाउने होइन, आशा जगाउने र सेवाभावमा समर्पित हुने हो। साँचो नेता त्यही हो जसले शक्ति पाएर पनि विनम्रता, इमानदारीता र सेवाभाव छोड्दैन।

देश संकटमा हुँदा दलहरू पार्टी कार्यालय जुरुक्क उठाउनेमा व्यस्त छन्। तर प्रहरी कार्यालयदेखि सरकारी कार्यालयसम्म जलेका छन्। नागरिक पीडामा हुँदा पनि दलगत स्वार्थभन्दा माथि उठ्न नसक्नु नै मुलुकको सबभन्दा ठूलो समस्या हो।

इतिहासले फेरि एकपटक जिम्मेवारी Gen-Z र Gen-Y पुस्तामाथि थोपरेको छ। स्थिर सरकार, भ्रष्टाचारमुक्त नेतृत्व र दीर्घकालीन दृष्टिकोण अबको अनिवार्य आवश्यकता बनेको छ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *