पार्टीभित्र संस्थागत संरचना र निर्णय प्रक्रियामा ढिलाइ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकीकरण पछि पनि नेतृत्वदायी कमिटी गठन र संस्थागत निर्णय प्रक्रियामा ढिलाइ देखिएको छ। पार्टीभित्र वरिष्ठ नेता कमरेड हरिबोल गजुरेलमाथि स्पष्टीकरणको अवसर नदिई कारबाही गर्ने, विभिन्न घटकका नेताहरूलाई जानकारी नदिई सार्वजनिक संचार माध्यमबाट मात्र जानकारी गराउने घटनाले पार्टीभित्रै आश्चर्य र आलोचना उत्पन्न गरेको छ।
कारबाहीविरुद्ध पार्टी संयोजकसँग जोडदार माग
यस घटनाप्रति प्रतिक्रिया स्वरूप पार्टी संयोजक कमरेड प्रचण्डसँग जोडदार माग उठाइएको छ। माग अनुसार कारबाही अविलम्ब स्थगित गरिनु, हरिबोल गजुरेलसहित नेतृत्व तहका कमरेडहरूको आकस्मिक बैठक बोलाइ गम्भीर समीक्षा गर्नु, र पार्टीमा अधिनायवादी शैलीको सट्टा सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्नुपर्ने बताइएको छ।
वरिष्ठ नेताको आक्रोश र संस्थागत पार्टीको आह्वान
वरिष्ठ नेताले आक्रोश यसरी पोखे पार्टीलाई संस्थागत बनाऔं ।
निर्वाचन सन्निकट र कम्युनिष्ट एकताको आवश्यकता
यतिवेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ ।
एकीकरणपछि बढ्दै गएको असन्तुष्टि र विवाद
तर त्यो प्रयत्नलाई बल पुर्याउनुको सट्टा एकिकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् ।
प्रचण्डसँग राखिएको माग र चेतावनी
यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।
झलनाथ खनालको चेतावनी
वरिष्ठ नेता झलनाथ खनालले भने यदि पार्टीभित्र सामूहिक निर्णय प्रणाली र संस्थागत प्रक्रियाहरू बलियो नभए, एकीकरणको फाइदा लिन नसक्ने मात्र नभई विखण्डनको जोखिम समेत बढ्ने सम्भावना छ।











































