बलियासँग लड्न दुब्लाले गर्ने भनेकै एकता हो : ओली

बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली

एमाले महाधिवेशन सन्देश कार्यक्रममा ओलीको टिप्पणी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न नसक्ने बताएका छन् ।

विशाल एमाले देखेपछि बनेको मोर्चा

मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले बलियासँग लड्नको लागि दुब्लाले एकता नै गर्ने भन्दै विशाल एमाले देखेपछि कुखुरा, बाख्राको मोर्चा बनेको बताए ।

कुखुरा, बाख्रा र स्यालको मोर्चामाथि कटाक्ष

उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, उसँग पनि मिलौं भन्या छ । विशाल एमालेसँग भीड्नु छ अनि मिलौं भनिएको छ । कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ राति सम्ममा, भोलि पनि हुन्छ ।’

चुनावअघि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी

यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।

निर्वाचनको मितिप्रति ओलीको व्यंग्य

उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरेको छ । त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला वा बैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं ।’

निर्वाचनबाट राष्ट्रिय फैसला आउने दाबी

महाधिवेशले जसरी धेरै कुराहरुको जवाफ दिएको थियो त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने भन्दै त्यसका लागि तयार छौ भन्ने कुराको सन्देश पनि महाधिवेशले दिएको उनको भनाई छ ।

Related Posts

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

प्रधानमन्त्री कार्कीको परिस्थिति अनुसारको कदम काठमाडौं । प्रधानमन्त्री…

Continue reading
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीको प्रहरीलाई सन्देश काठमाडौं । प्रधानमन्त्री सुशिला…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *