रास्वपा र बालेन शाहबीच ७ बुँदे सहमति, प्रधानमन्त्री उम्मेदवारको समझदारी

रास्वपा र बालेन शाहबीच ७ बुँदे सहमति

मध्यरातिसम्म चलेको छलफलपछि सहमति

लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ । मध्यराति सम्म भएको छलफल पश्चात् बिहान ४.१५ बजे रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनेछन भन्ने सम्झौता भएको छ ।

सहमतिको पूर्ण विवरण

यस्तो छ सहमति :

भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनप्रति प्रतिबद्धता

१. नवयुवाहरुले भ्र’ष्टाचार र कुशा”सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने,

आर्थिक–सामाजिक रूपान्तरणको दीर्घकालीन लक्ष्य

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

पार्टीको नाम, झण्डा र चुनाव चिन्ह

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

रास्वपा र बालेन शाहबीच ७ बुँदे सहमति

नेतृत्व र प्रधानमन्त्री उम्मेदवारको टुंगो

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

संगठन विस्तार र समावेशी नेतृत्व

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *