भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग
विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न जोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई
भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा
जोड दिएका छन् ।
सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण
सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को
अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र
सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
कानूनी प्रावधान र स्पष्ट निर्वाचन प्रक्रियाको आवश्यकता
उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता
गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी
प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ ।
हामीले पटक पटक निर्वाचन आयोग वा सरकारलाई ध्यानाकर्षण पनि गराएका छौ ।’
निर्वाचनमा शान्ति सुरक्षा र भयरहित वातावरणको माग
यस्तै, उनले चुनावमा नेता, पार्टी र उम्मेदवारहरु र मतदाताको सुरक्षाको जिम्मेवारी
सरकारको भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।
उम्मेदवार र मतदाताको सुरक्षा सरकारको दायित्व
उनले भने, ‘अत्यन्त महत्वपूर्ण विषय भनेको चुनावमा शान्ति सुरक्षाको विषय नै हो ।
चुनावको प्रचारप्रसारको विषय नै हो । त्यसको लागि भयरहित वातावरणमा
सहभागिता गराउन सक्नुपर्छ । नेता, पार्टी र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टी
र मतदाताको पनि सुरक्षाको जिम्मेवारी सरकारको हो । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’











































