सिनामंगलको काठ गोदाममा आगलागी, छिटो नियन्त्रणमा आउँदा मानवीय क्षति भएन

काठ गोदाममा आगलागी : छिटो नियन्त्रणमा ल्याउँदा मानवीय क्षति भएन

सिनामंगलमा काठ गोदाममा आगलागी

काठमाडौं । सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।

आगलागीले छेउछाउका घर र विद्यालयमा असर

मंगलबार दिउसो काठ गोदाममा लागेको आगोले छेउछाउका घर र विद्यालयमा पनि असर पारेको छ । आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो ।

प्रत्यक्षदर्शीको भनाइ : मानवीय क्षति भएन

सोही क्रममा एक प्रत्यक्षदर्शीले आगोले नजिकको स्कुल र घरमा प्रभाव पारेपनि मानविय क्षति केही नभएको भन्दै यसलाई सकारात्मक रुपमा नै लिनुपर्ने बताए ।

दमकल छिटै पुगेपछि आगो नियन्त्रणमा

दमकलहरु पनि छिटै नै आएको कारण पनि आगो छिटो नियन्त्रणमा आएको पनि उनको भनाइ छ ।

‘कोही मान्छेलाई असर परेन, त्यही ठूलो कुरा हो’

उनले भने, ‘आगोले नजिकको स्कुल र घरमा पनि प्रभाव पारेको छ । तर मानविय क्षति भने केही भएको छैन् । म आइपुग्दा पूरै आगो लागिरहेको थियो, केही सामान भएपनि बचाउन सकिन्छ कि भने थोरै फर्निचरको सामानहरु सारेका छौं । कोही मान्छेलाई असर परेन । त्यही ठूलो कुरा हो । सम्पत्तिको क्षति भन्ने कुरा फेरि जोड्न सकिन्छ । दमकल पनि छिटै नै आएको कारण पनि छिटो आगो नियन्त्रणमा आएको हो ।’

क्षतिको विवरण आउन बाँकी, अनुसन्धान जारी

गोदाममा भएको क्षति सार्वजनिक भइसकेको छैन् । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *