गायक तथा संगीतकार सुरेश अधिकारीले AI सम्बन्धी आफ्नो अनुभव सार्वजनिक

सुरेश अधिकारी

गायक तथा संगीतकार सुरेश अधिकारीले पछिल्लो समय विश्वभर चर्किएको AI बहसलाई नेपाली संगीतजगतसँग जोडेर आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। बेइजिङमा सम्पन्न CISAC Asia Pacific Meeting मा सहभागिता जनाउँदै फर्किएका उनले, “AI अब विश्व बौद्धिक सम्पत्ति क्षेत्रमा तातो बहसको विषय बनेको छ,” भनेर सुरुआत गरे।

अधिकारीका अनुसार नेपालमा AI सम्बन्धी छलफल गहिरो रूपमा सुरु नभए पनि, “पहिलो बोली पहिलो मुस्कान” शीर्षकको AI–निर्मित गीत चर्चामा आएपछि मात्र यो विषय व्यापक ध्यानमा आएको हो। तर उनी भन्छन्, “नेपालका केही चर्चित कलाकारले त निकै अघिदेखि नै AI प्रयोग गर्दै आएका छन्, यसमा शंका नै छैन।”

संगीतमा प्राविधिक विकास र स्रष्टाको चुनौती

अधिकारीले आठ दशकअघिदेखि नै प्राविधिक विकासले संगीत साधना कमजोर बनाउँदै लगेको उल्लेख गरे।
उनका अनुसार:

  • सुरुमा सबै बाजा प्राकृतिक ध्वनिमा आधारित थिए।

  • पछि इलेक्ट्रिक गिटार, इलेक्ट्रिक अर्गन जस्ता उपकरण आए।

  • यसपछि विकसित सिन्थेसाइजर र सिक्वेन्सरले एक जनाले हजारौं बाजाको ध्वनि बजाउन सक्ने वातावरण बनायो।

  • यसले धेरै साधक, बाद्यबादक, एरेंजर र कन्डक्टर बेरोजगार हुन पुगे।

समयक्रममा मल्टि–ट्र्याक रेकर्डिङले गाउने र बजाउने दुवै श्रमिकलाई थप दबाब दियो।
त्यसपछि पिच ट्युनर आएपछि सुर नजाने गायकले पनि सजिलै गीत रेकर्ड गर्न सक्ने अवस्था बन्यो। अधिकारी भन्छन्,
“सुर बेसुर एउटै भए, गुण र कमजोरबीचको भिन्नता हरायो। यो नै कलाको ठूलो पतन थियो।”

साउन्ड स्याम्पलिङले थप संकट

सिन्थेसाइजरमा आएको “साउन्ड स्याम्पलिङ” प्रविधिले भने वास्तविक बाद्यबादकलाई अझै थप संकटमा पार्यो। एकपटक बजाइएको ध्वनी बारम्बार प्रयोग गर्न मिल्ने भएपछि गुणी कलाकारको रोजगारी झनै खुम्चिएको उनी बताउँछन्।

“AI ले अब साहित्य र संगीत दुवैलाई चुनौती दिएको छ”

अधिकारी भन्छन्,
“थोरै कमाण्डमा गीत, धुन, अडियो–भिडियो सामग्री तयार गरिदिन सक्ने क्षमताले अब संगीत मात्र होइन, साहित्यको अस्तित्व पनि चुनौतीमा पारेको छ।”

AI रोक्नु सम्भव छैन, प्रतिस्पर्धा गर्नुपर्छ

उनका अनुसार AI लाई रोक्न माग गर्नु व्यावहारिक छैन।
“AI पनि कसैको आविष्कार हो, कसैको बौद्धिक सम्पत्ति। जसरी हामी गीत बनाउँछौं, त्यसैगरी कसैले प्राविधिक आविष्कार बनाएको हो। त्यसैले रोक्नु कानुनी रूपमा पनि सम्भव छैन,” अधिकारी लेख्छन्।

उनको अन्तिम आग्रह यस्तो छ:
“अब हामीले आफैंले बनाएको प्रविधीसँग प्रतिस्पर्धा गर्न सिक्नुपर्छ। साधना, सिर्जनशीलता र मौलिकता नै हाम्रो शक्ति हो। यही भएर मात्र कलाकार टिक्न सक्छ।”

Related Posts

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय

पुर्बाचल परियोजना जग्गा प्रकरणमा दोषी ठहर काठमाडौं ।…

Continue reading
नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति

राष्ट्रपति पौडेलको जापानी व्यापारिक समुदाय समक्ष सम्बोधन जापान…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *