आजको मौसम : देशभर आंशिक बादल लाग्ने

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

पहाडी भू–भागमा पूर्ण बादल, अन्यत्र आंशिक

जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।

दिउँसो तराईमा हुस्सु÷कुहिरो

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति मौसमको अवस्था

त्यसैगरी, महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

पुनः हिमपात र वर्षाको सम्भावना

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि रहेको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *