काठमाडौंमा भएको घरदैलो कार्यक्रम
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् ।
सबै क्षेत्रमा अन्धकार छाएको अध्यक्ष घिसिङको भनाइ
बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए ।
उज्यालो नेपाल पार्टी जित्नुपर्ने कारण
उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै क्षेत्रको अध्याँरो भएको छ, अब सबै ठाँउमा बत्ति ल्याउनको लागि, उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’
जनताबाट सकारात्मक प्रतिक्रिया आएको दाबी
यस्तै, उनले जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको भन्दै उज्यालो नेपाललाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरेका छन् ।
हेरिटेज वाक र घरदैलो अभियान
उनले भने, ‘आज हामीले खासमा हेरिटेज वाक भनेर गरेका हौं र जनताको घर घरमा पनि गयौं । जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको छ र उज्यालो नेपाललाई अत्याधिक मतले जिताउछु भन्ने उहाँहरुको भनाई छ ।’
देशको नेतृत्व गर्न आफू तयार रहेको अभिव्यक्ति
साथै, यो देशको नेतृत्व सही व्यक्तिहरुले गर्यो भने मात्रै देश उज्यालो हुने भन्दै यो देशको नेतृत्व गर्न आफू तयार रहेको पनि उनको भनाई छ । जनताले जिताउने कुरामा ढुक्क रहेको पनि उनले बताए ।











































