तु इधर उधरका बात नकर
य बता कि काफिला क्यु लुटा
मुझे गिला रहजनो से नहि
जसले जति सरापे पनि, क का कि कि- ( कु) गर्छु भने पनि अझ ओलीजीकै भाषामा भन्नुपर्दा ,
त तोप नै पड्काए पनि हाम्रो गठबन्धनको सरकार ढल्दैन कसैले ढाल्न सक्दैनन भन्थे हो रहेछ।
आज भोलि कुन सन्धिको बहानामा के हात पार्ने चलामा हो दक्षिण बाट लु बोकेर कुर्सी ढाल्दै आउने तातो हावा पनि अल्लि सितल भएको जस्तो छ।
अब यत्ती भए पछि अरुको के तागत ? जो नेता सक्षम छ, विपक्षी बनेर अगाडि उभिन्छ , उसलाई विभिन्न झुटा मुद्दा लगाएर जेल कोचिदियो ।
जो पत्रकार आफू र आफ्नो बैशाखी बनेको पार्टीको विपक्षमा बोल्छ /लेख्छ उसलाई फौजदारी कानुन लगाएर चौखुराउने। अनि संसदका पार्टीहरूमा कसैलाई पतञ्जली जग्गा प्रकरणको मुद्दामा घोक्रे ठ्याक लगाउने, कसैलाई लुट्न छोडिदिने, कसैलाई तिन कुनेको डण्डाले गोर्खे लौरी हाल्ने।
कसैलाई कुर्चीको लोभ देखाउने, अनि को बोल्ने त?
अलि अलि भरोसा लाग्ने एउटा म खाट्टी क्रान्तिकारी हुँ भन्ने पार्टी थियो- उसले पनि हिजो आफ्ना विरोधमा दन्किरहेको अग्नि निभाउन बालुवाटारको पानीसँग आफ्नो क्रान्तिकारीता साटेपछि भएन त अब एक छत्र राज ?
एक दुई सिट भएका भुरे टाकुरे पार्टी कोही आफ्नो बोल्ने पालो आउँदा पनि संसदमै मस्त सुतेर सपना देख्छन भने, कोही भोलि फेरि ८४ को चुनावमा उनीहरूसँगै मिलेर चुनाव लडी दुई चार सिट हात पार्न सकिन्छ कि भनी च्याखे थापिरहे पछि को रह्यो त अब? जनता?
विचार जनता ।
अलिअलि बोल्न सक्ने युवा गल्फमा बेल्चा हान्दैछन्, पार्टीका भरौटे युवा यिनै लाई भगवान ठान्दैछन् , गाउँका बुढाबुढी दमको ओखती तान्दैछन्।
अब कसले बोल्ने ? कसले विरोध गर्ने?
कसले औंला तेर्स्याउने? पशुपतिनाथले? शिवजी पनि खै जलहरी हराएपछि पिरले आफै भिमलिएका छन् ।

पाप र धर्म छुट्याउन साँच्चै नै आफ्ना नन्दी भृङ्गि पठाइ मुसल चलाउँनु भन्दा शिवको लिङ्ग र मूर्ति नै बेचिदिन्छन् कि भनेर बागमतीको किनारमा चुपचाप भाङ धतुरो खाएर पल्टि रहेका छन्। यति भएपछि वरिपरि आफ्ना सुण्डमुसुण्ड राख्यो उखान टुक्का लर्बराउदै सुनायो। देश चलायो। वा ,, मान गयागुरु मान गया तपाईँको फोरटन्टि दिमाग र दमनलाई।
Manish Jha :
तु इधर उधरका बात नकर
य बता कि काफिला क्यु लुटा
मुझे गिला रहजनो से नहि











































