भाग्यले ठगिएका मेहनतले चम्किएका रवि-1 || Rabi Lammichane

विक्रम सम्वत २०३१ साल भदौ २० गते, भक्तपुर जिल्लाको नगरकोटमा, एक मध्यमवर्गीय परिवारमा जन्मेका Rabi Lammichane, आफ्नो परिवारका सबैभन्दा कान्छा छोरा हुन्।
उनी नगरकोटमा जन्मे पनि उनको बाल्यकाल र अधिकांश स्कुलले जीवन भने चाबहिल एरियामा नै बितेको थियो।

सानैदेखि उनी पढ्न सिपालु थिए।
विजय मेमोरियलबाट त्यसबेला एसएलसी भनिने र आजभोलि see भनिने परीक्षामा पनि प्रथम श्रेणी अर्थात् ६६.0३% ल्याएर परीक्षा पास भएका थिए।
छोराले एस एल सी मा राम्रो अङ्क ल्याएर पास गरेपछि rabi को परिवारमा खुसीको सिमा नै थिएन।
छोरो पढ्न जान्नेछ। एसएलसी पनि फर्स्ट डिभिजनमा पास गर्यो। अब छोरालाई दुःख सुख जसरी पनि डक्टर या इन्जिनियर पढाउनुपर्छ भन्दै उनीहरु तयारी गर्दै थिए। यता रवि भने आफ्नो सानै उमेरदेखिको अत्याधिक रुचि रहेको पत्रकारिता पढ्न चाहन्थे।
मलाई लाग्छ सुन्दा सामान्य लाग्ने यही बिषयको पोइन्टबाट रवि र रविको परिवारबीचको सम्बन्धमा निमको वृक्षको अंकुरण भयो।
बाआमाले भनेको छोराले मानेन भन्ने परिवारको गुनासो थियो भने, मैले चाहेको विषय पढ्न परिवारले दिएनन् भन्ने rabi को असन्तुष्टि थियो।
त्यही पारिवारिक बेमेलबाट रविको कलिलो दिमागलाई एक प्रकारको इखालु स्वभावको बनाएको थियो। जुन उनीसँग अझै पनि कायम छ।


यसरी परिवारको मन्जुरी बेगर नै उनी रत्नराज्य क्याम्पसमा पत्रकारिता अध्ययन गर्न थाले।
पढाइकै क्रममा आफ्नै समकक्षी ईशा श्रेष्ठसँग प्रेममा परेका उनि अन्तत २१ वर्षको उमेरमा नै इसा सँगै वैवाहिक सम्बन्धमा बाँधिए पनि।
पढाइको विषयलाई लिएर परिवारसँग पहिलेदेखि नै तित्तिएको सम्बन्ध रविले आफूखुसी अन्तरजातीय विवाह गरेपछि त झन् आगोमा घिउ थपे जस्तै भयो।
उता परिवारसँग सम्बन्ध बिग्रनु यता जिम्मेवारी थपिनुले rabiकाठमाडौँ टिक्नका लागि कामको खोजी गर्न थाले।
यसै क्रममा उनले आफ्नो रुचि र पढाइसँग मिल्दो जुल्दो काम

इमेज एफएममा Rabi Lammichane :

good morning काठमाडौँ भन्ने प्रोग्राम झन्डै डेढ वर्ष चलाएर आफ्नो गुजारा टार्दै गरे।

Rabi Lammichane in नेपाल टेलिभिजन :


यसरी सुरु भएको उनको पत्रकारिता पेसा अन्तत बिस्तारै त्यसबेलाको सबैभन्दा ठूलो र धेरै दर्शकले मन पराएर हेर्ने नेपाल टेलिभिजनसम्म पुग्यो।

rabi lammichane in ntv


अब भने रवि बिहान भर्खर झुल्केको निस्तेज रवि जस्तो नभई मध्यान्नको टन्टलापुर पोल्ने रवि भइसकेका थिए। यसरी एनटिभीमा काम गर्दै गर्दा उनले बेलाबेला विभिन्न देश हरु घुम्न जाने अवसरहरू प्राप्त गरेका थिए।


यसरि घुम्ने क्रममा विदेशको प्रगति र सुखसयपूर्ण जीवन अति नजिकबाट नियालिरहेका रवि ले अन्तत आफू पनि विदेश जाने मनसाय बनाए र संसारका मानिसहरूको सपनाको देश विकासको तीव्रतम नमुना भनेर चिनिने अमेरिका उनको रोजाइमा पर्‍यो।

Rabi Lammichane in अमेरिका :


आफ्ना परिवारलाई काठमाडौँको भाडाको घरमा छाडेर २०५९ सालमा रवि नेपाल टेलिभिजननेपाल टेलिभिजन हानिए ।
अमेरिका छिरेको केही वर्षपछि नेपालमा रहेका आफ्ना श्रीमती र छोरीहरूलाई पनि अमेरिका नै बोलाए ।


त्यतिबेलासम्म रवि अमेरिकाको बाल्टिमोरमा लगभग लगभग सेटल भइसकेका थिए। मेहनती र चलाख रवि वार्षिक झण्डै १ लाख डलर अर्थात् नेपाली रुपैयाँ १ करोड ३० लाख जति कमाउँथे। उनले अमेरिकामा घर गाडी आदि पनि जोडिसकेका थिए।

rabilammichane with his wife


विधिको विडम्बना भनौँ कि रविको भाग्यचक्र भनौं। यसरी वार्षिक लाखौ डलर कमाएर सानको जिन्दगी जिउन सक्ने हैसियत बनाइसक्दा पनि उनको श्रीमान श्रीमतीमा भने बिस्तारै टकराव आउँदै थियो।
ईशा नेपाल हुँदा रविको सम्बन्ध भएको भनिएकी अर्की केटीको कारण ,रवि र ईसाको सम्बन्धमा चिरा पर्दै थियो।

अमेरिकाको विलासी बसाई, स्वतन्त्र जीवन टन्न पैसा, महत्वाकांक्षी रवि । यी सब एउटा पूर्वीय दर्शनबाट गाइडेन्स भएकि नेवार समुदायमा हुर्किएकी एक नारी ब्रह्मचारी बन्नुपर्छ भन्ने मान्यता बोकेकी ईसालाई पटक्कै नपचेपछि अन्तत उनीहरूको सँगसँगै गर्ने यात्रा टुङ्गिएर डिभोर्स गर्न पुगे।

संसारका सबैसँग लड्न सामर्थ राख्ने रवि आफ्नै परिवारसँग हारेपछि भने उनी अमेरिकामा कमाएको सम्पूर्ण सम्पत्ति आफ्ना दुई छोरी र श्रीमतीलाई दिएर विक्रम सम्वत २०६९ अर्थात् १० वर्षपछि नेपाल फर्किए।

Rabilammichane in airport


अमेरिकामा रहँदा पनि मेरो देश नामक टिभी खोलेर चलाउँदै गरेका रविलाई संचार र पत्रकारिताको मोहसँगै आफू संसारले चिनिने बन्नुपर्छ भन्ने भूतले अझै पनि छाडेको थिएन।


फलत नेपाल फर्केपछि ६२ घण्टा १२ मिनेट लगातार बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विषयमा अन्तर्वार्ता लिएर विश्व गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भए।
यसले के पुष्टि गर्छ भने रवि आफूले आँटेपछि जुनसुकै कुरा पनि गरिहाल्छन्।


जब उनले गिनिज बुकमा आफ्नो नाम लेखाए तब उनी नेपाल र विश्वमा चिनिन थाले। उनको लोकप्रियताले उचाइ चुम्यो उनलाई अब पेट पाल्न काम खोज्न जानुपर्ने भएन। अरुले नै उनलाई बोलाउन थाले।

फलत उनि एनटिभीमा सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम चलाउन पुगे। केही समयमै उक्त कार्यक्रम निकै प्रभावकारी र लोकप्रिय बनेपछि उनी जनताको प्यारो तर समकक्षी को आँखाको तारो बने र त्यहाँबाट निकालीए।


यसरी पपुलरिटी कमाइसकेका रविले फेरि news24 नामक टिभीमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउन थाले ।

Rabilammichanee in news24


उनको त्यो कार्यक्रम यति लोकप्रिय बन्यो कि जनता आफ्ना समस्याहरु समाधान गर्न सरकार लाई भन्दा बढी रविलाई खोज्न थाले। उनले पनि आफ्नो सिप संयन्त्र र मेहनत लगाएर जनताको काम गर्दै गए। उनले त्यसबेला news24 बाट लगभग लगभग समस्या र पीडामा परेकाहरूको समस्या समाधानमा समानान्तर सरकार नै चलाएका थिए भन्दा पनि अतियुक्ति नहोला।

rabi and gb rai photo


यसरी लोकप्रियताको शिखरमा रहेका रवि मा बिस्तारै अरु महत्त्वाकांक्षाको हाँगा बिगा पलाउन थाले पछि जीवि राईको लगानी रहेको गोर्खा मिडिया नेटवर्कको galaxy 4k tv मा १५% स्वेट सेयर सहित राम्रै पारिश्रमिक लिएर अनुबन्धित भए।
जुन त्यतिखेरका लागि उनले निकै ठूलो उपलब्धि भने पनि अहिले आएर त्यही उनका लागि गलपासो बनिरहेको छ।
किनकि उनले संगत गरेका G B Rai गलत मानिस थिए।


यही जीविलाई चिन्न नसक्नु उनको भूल थियो ।……पूरा पढ्नुहोस् view


Related Posts

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

प्रधानमन्त्री कार्कीको परिस्थिति अनुसारको कदम काठमाडौं । प्रधानमन्त्री…

Continue reading
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीको प्रहरीलाई सन्देश काठमाडौं । प्रधानमन्त्री सुशिला…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *