देश बेचुवा को हो ? ओलीले रोके चिन – भारतको भ्रमण , नेपाल-भारतको युद्धको तैयारी !

छिमेकी दुई ठूला राष्ट्र भारत – चीन बीच नेपाललाई छलेर नेपालको भूमि प्रयोग गर्ने सम्बन्धमा एउटा सहमति भयो। जुन सहमति नेपालको हितमा छँदै छैन।

छिमेकी राष्ट्र भनाउँदो भारतले नेपालको पश्चिमी उत्तरी सिमा मिचेर नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा भूभागमा राम राज्य चलाउने गरी भारत- चीन व्यापारिक सहमतिपछि नेपालमा तीव्र विरोध भइरहेको छ।

प्रतिनिधि सभाको बिहिबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले, सरकारले यो मुद्दामा तत्काल कडा कदम चाल्न आग्रहनै गरे।

लिपुलेक नेपालको भूभाग हो ?

बुधबार नै सरकारले एक विज्ञप्ति जारी गर्दै खबरदार, लिपुलेक नेपालको भूभाग हो,

Lipulek map

नेपालले नक्सा नै जारी गरिसके र उक्त नक्सामा महाकाली नदी पूर्वका लिपुयाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हाे । भनी संविधानमै जारी गरीसकेको र, तथ्यमा पनि नेपाल सरकार स्पष्ट छ। ऐतिहासिक तथ्य र प्रमाणले उक्त भूभाग नेपालकै भएको प्रष्ट भनिएको छ।

तर भारतको हेपाहा प्रवृत्तिले विगत ६ दशकदेखि एकतर्फी कब्जा जमाइरहेको र सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन,भ्रमणका क्रममा लिपुलेकलाई व्यापारिक नाकाका रुपमा प्रयोग गर्न भारत -चीन सहमति भएपछि यो विवाद झन् चुलिएको हो।

india and china photo

नेपाल, भारत, चीन त्रिदेशीय सिमाना नाका बिन्दु रहेको उक्त क्षेत्रमा नेपाललाई नै थाहा नदि भारत चीन व्यापारिक सम्झौता भएपछि, नेपालले तत्कालै कूटनीतिक नोट पठाएर विरोध जनाए पनि भारतीेले बेवास्था गरेको थियो।

तत्कालीन सरकारले नेपालको नक्सा विस्तार गरी लिम्पियाधुरा समेटेर नयाँ नक्सा अर्थात् चुच्चे नक्सा सार्वजनिक नै गरेर आफ्नो अडान स्पष्ट पारेको थियो।

नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि रुष्ट बनेको भारत अहिले फेरी भारत र चीन पछिल्लो व्यापारिक सहमतिले यो मुद्दा झन् जटिल बनेको छ।

nepal , india and china flag photo

यो विवादमा नेपालले कुटनीतिक भूमिका संयमित तर, दृढ हुन जरुरत छ । नेपालले अहिले ऐतिहासिक दस्तावेज सन्धि र नक्सालाई आधार बनाएर भारतसँग उच्चस्तरीय वार्ता गर्न जरुरी छ । सन् १८१६ को सुगौली सन्धि र अन्य प्रमाणले लिपुलेक नेपालको भू-भाग भएको स्पष्ट छ।

भारत र चीनसँगको कुटनीतिक प्रयासबाट पनि समाधान नभएर यी प्रमाणलाई आधार बनाएर अन्तर्राष्ट्रिय मञ्चमा अर्थात् अन्तर्राष्ट्रिय अदालत जानुपर्छ।

नेपालले संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन सार्क जस्ता मञ्चमा यो मुद्दा उठाउनु आवश्यक छ।

भारत र चीनबीच यो सम्झौता भए लगत्तै नेपालले परराष्ट्र मन्त्रालय मार्फत यो विषय मा असन्तुष्टि जनाइसकेको छ।

lipulek view photo

प्रधानमन्त्री ओली यही भदौको अन्तिम साता भारत भ्रमण जाने तयारी तीव्ररूपले भइरहँदा नेपालमा भने यो समयमा प्रधानमन्त्रीले भारत भ्रमण रद्द गरी असन्तुष्टि जनाउनुपर्ने विज्ञहरूले बताइरहेका छन्। भने कतिपयले भारत मै गएर यो मुद्दा जोड तोडका साथ उठाएर समस्या समाधानको पहल गर्न न्यायोचित हुने बताइरहेका छन्।

नेपाल-भारतको युद्ध :

उता भारतले भने नेपालको दाबीलाई खण्डन गर्दै विज्ञप्ति मार्फत आफ्ना धारणा सार्वजनिक गरिसकेको छ।
तर विज्ञप्तिमा सीमा लगायतका विषयहरु वार्ता बाटै समाधान गर्नुपर्ने उल्लेख गर्दै यो विवाद अन्त्यका लागि ठाउँ समेत छाडेको छ।

nepal and india

नेपालले विगतमा पनि प्रतिक्रिया मात्रै दिएर चुपचाप बस्ने बानीले झन् पीडा,माथि पीडा ,र हेपाईमाथि हेपाई थप्ने गरेको इतिहास त नेपालीहरूलाई जगजाहेरै छ। सत्ता बाहिर रहँदा त्यस्ता विषयहरूमा चर्को ,चर्को स्वरमा कुरा गरेर जनताको मन र जनमत बटुल्ने र सत्तामा पुगेपछि तै चुप ,मै चुप गरेर बस्ने प्रवृत्ति प्राय सबै दलको वंशाणु गुण जस्तै बनेको छ।

अब पनि विगतबाट पाठ सिकेर ,प्रतिक्रिया मात्रै दिने हाे भने भावी सन्ततिले तिमीहरूलाई धिक्कार्नेछ र श्राप लाग्नेछ।

तर अब यसरी हुँदै हुँदैन, चुप बस्ने अधिकार छँदै छैन,र समय पनि छँदै छैन। वर्षौंदेखि नेपाललाई बिझाइरहेको यो सीमा प्रकरण सधैँका लागि समाधा हुन जरुरी छ।

भारत र चीनबीच कूटनीतिक प्रयास बाट समाधान नभए नेपालले वैकल्पिक बाटो अपनाई अन्तर्राष्ट्रिय करण गर्नैपर्छ, श्री ५पृथ्वीनारायण शाहले भनेजस्तो नेपाल अब दुई ढुंगा बीचको तरुल भएर ,भारत चिनको आर्थिक स्वार्थका कारण नेपालको भूभाग माथि भएको आक्रमण लाई बेवास्था गर्न हुँदैन।

यदि यो गरियो भने इतिहासको ठूलो भूल हुनेछ।

वार्ता, कूटनीतिकमा जोड दिँदै आफ्नो अखण्डताको रक्षा गर्नु पर्छ। यो विवाद समाधान का लागि संयम र रणनीति साथै कुनीतिक साथ सबै राजनीतिक दलहरूमा एकताको भाव हुन जरुरी छ।

नेपालका वर्तमान राज्य सञ्चालकहरुले आफ्नो हक स्थापित गर्न, दृढतापूर्वक अगाडि बढ्नु पर्छ। ताकि हाम्रा भावी पुस्ताले हामीलाई गर्वका साथ सम्मान गर्न सकोस्। अनि मात्र हामीले गर्वका साथ छाती फुलाएर भन्न पाउनेछौँ।
जय देश, जय खण्ड नेपाल ।

जनजीब्रो hot news :विकास श्रेष्ठ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *