जस्तो आहार उस्तै बिचार || भिटामिनहरू र तिनीहरूको स्रोतहरू

भनिन्छ स्वास्थ जिवनका लागि ८० प्रतिशत छारिय गुण र २० प्रतिशत अम्लिय गुण भएका खानेकुराको आवश्यक्ता पर्दछ । यहि अनुसारको दैनिक भोजन तालिका बनाउन सके खानेकुराले नै औषधिको काम गर्ने र कुनै औषधि र अस्पतालको खाचो नपर्ने कुरा आयुर्बेद बिज्ञानले ठोकेरै भनेको छ भने एलोपेथिक बिज्ञान पनि यसमा सहमत छ।

जस्तो आहार उस्तै बिचार भन्ने सत्यलाइ आत्म साथ गर्ने हो भने  स्वस्थ आहार बिहार नै हरेक प्राणिको  जीवन शैली बन्नु जरुरी छ । सन्सारमा आज सम्म जे जे प्रगती भएका छन ती सबै प्राणी जगतको विशेष गरेर मानिसको शान्ती, सुरक्षा र समृद्धिका लागि भएका छन भन्ने बुझ्नै पर्छ । प्राकृतिक सिर्जनालाइ आधार मानेर जति कृतिम उत्तपादनहरु भएका छन  तीनको उपभोग र आनन्द उसको स्वस्थ आहार बिहार बाट मात्र सम्भव छ ।

हाम्रो शरीरलाई विभिन्न भिटामिनहरू अनिवार्य रूपमा चाहिन्छ,। जसको शरीरको वृद्धि, रोग प्रतिरोधात्मक शक्ति, पाचन प्रकृया, हड्डी, छाला, दृष्टि र अन्य अंगहरूको क्रियाशीलताका लालागी अनिबार्य आवस्यक्ता हुन्छ । यसैमा मुख्य १३ प्रकारका भिटामिनहरू र तिनीहरूको स्रोतहरूको संक्षिप्त्त चर्चा गरौ ।


Vitamin A :

दृष्टि (आँखा), छाला, रोग प्रतिरोधका लागि भोजनमा समाबेस हुन्छ । यसको श्रोत :-गाजर, काँक्रो, सुन्तला, दुध, माछा तेल आदि लाई लिन सकिन्छ ।

Vitamin B1 :

ऊर्जा उत्पादन, स्नायु प्रणाली का लागि ।
श्रोत :- गहुँको पीठो, दाल, मकै, भिजाएको बदाम आदि ।


Vitamin B2:

छाला, कपाल, नङ का लागि ।
श्रोत :- दूध, दही, अण्डा, हरियो सागपातआदि ।


Vitamin B3:

पाचन, छाला, मस्तिष्क स्वास्थ्य का लागि ।
श्रोत :-गहुँ, भुटेको मकै, माछा, दाल, दूध जन्य पदार्थ आदि ।


Vitamin B5:

हार्मोन सन्तानलागी र ऊर्जाका लागि ।
श्रोत:- ब्रोकाउलि, अण्डा, नट्स, माछा आदि ।


Vitamin B6:

स्नायु कार्य, रोग प्रतिरोध क्षमता अभिबृदिका लागि ।
श्रोत:- केराको थोरै काँचो भाग, दाल, आलुआदि ।


Vitamin B7 :

छाला, कपाल, नङ का लागि ।
श्रोत:-बदाम,  उसिनेको अण्डा , केराउ आदि ।


Vitamin B9 :

रगतको सेल उत्पादन, गर्भावस्था स्वास्थ्य का लागि ।
श्रोत:- पालुङो, भटमास, चना, सिमी र ड्राइ फ्र्युटहरु आदि ।


Vitamin B12 :

स्नायु प्रणाली, रगत उत्पादन का लागि ।
श्रोत:- मासु, अण्डा, दूध आदि ।


Vitamin C :

रोग प्रतिरोध, घाउ छिटो निको पार्नका लागि ।
श्रोत:- कागती, सुन्तला, अमला, टमाटर आदि ।


Vitamin D :

हड्डीको मजबुती, क्याल्सियम का लागि ।
श्रोत :- बिहानि घामको किरण बिहान ६–९बजेको घाम , न्युनतम १५–२० मिनेट छालामा परे मात्र पर्याप्त हुन्छ। दुध, अण्डा, माछा मा पनि भिटामिन डि पाइन्छ।


Vitamin E :

छाला, हर्मोन सन्तुलनका लागि ।
श्रोत:- बदाम, सूर्यमुखीको बीउ, हरियो साग आदि ।


Vitamin K :

रगत जमाउने , हड्डी को स्वास्थ्य लागि
श्रोत:-बन्दा, पालुङो, ब्रोकाउलि आदि बाट प्राप्त गर्न सकिन्छ ।


शारिरिक र मानशिक दुबै स्वास्थकालागि सबै भिटामिनहरूको सन्तुलित मात्रामा आवश्यकता हुन्छ। त्यो सन्तुलन प्राकृतिक मौसमी फलफूल, सागसब्जी, अन्न, गेडागुडी, दूध, अण्डा आदि खानाबाट सहजै पाउन सकिन्छ।

बजारको जंक फूडहरु र प्याकेजिङ्ग खानेकुरामा यि भिटामिन प्रयाप्त नहुनाले प्राकृतिक र मौसम अनुसारका खानेकुरा र फलफुलको सेवन नै स्वस्थ जीवन शैलिको अनुपम उदाहरण बन्न सक्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *