चौतर्फी आलोचनापछि दिँदै राजीनामा गृहमन्त्री

चौतर्फी आलोचनापछि दिँदै राजीनामा गृहमन्त्री,
दर्सकवृन्द,
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

 

  • Related Posts

    देउवा र राणाविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया अन्तिम चरणमा: प्रहरीले बुझायो थप प्रमाण

    देउवा र राणाविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया अन्तिम चरणमा:…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *