जनजिब्रो न्यूज: दिनभरका खबर छिनभरमा।
१,,सरकार संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने तयारीमा जुटेको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट अध्यादेश जारी गर्ने निर्णय हुन सक्ने स्रोतको दाबी छ,राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद् अधिवेशन आह्वान गरे पनि सरकारकै सिफारिसमा भोलिपल्टै अधिवेशन स्थगित गरिएको थियो, जसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।सरकारले संवैधानिक परिषद् लगायतका महत्वपूर्ण विषय समेटेर अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ।संसद् नबसेकै अवस्थामा अध्यादेश ल्याउने कदमलाई लिएर राजनीतिक बहस चर्किने संकेत देखिएको छ।
२,,बढ्दो महङ्गीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पसका विद्यार्थीहरूले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सोमबार कक्षा कोठामै डिजिटल माध्यमबाट सांकेतिक प्रदर्शन गरेका हुन् सभापति रुद्रहरी पोखरेलका अनुसार विद्यार्थीहरू माथि थपिएको आर्थिक भार र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन कक्षाकोठामै डिजिटल प्लेकार्डसहित प्रदर्शन गरिएको जनाएको छ।
३,,आज सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ।यसवर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् ।
४,,
निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संघीय निजामती विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै ट्रेड युनियन अधिकार कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा विधेयकबाट ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान तत्काल खारेज गर्न माग गरेका हुन् ।नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार सबै कर्मचारीले स्वतन्त्र रूपमा संगठित हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । आफ्ना मागप्रति सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।
५,,मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो नौ महिनामा मात्र १० अर्ब७० करोड ७ लाख १८ हजार बराबरको ५२ लाख ९५,२५० किलो अलैची भारततर्फ निकासी भएको छ। यो निर्यात परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ५८%ले बढी हो।
६,,सर्वसाधारणमा आक्रोश र चौतर्फी आलोचना बढेपछि भारतीय बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन मधेशका सीमानाका खुकुलो पारिएको जनाइएको छ।
७,,सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् ।भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका उनले स्थानीयसँग वि’वाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही विषय छानबिनका लागि उनलाई बाहिनी तानिएको हो ।
८,,नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले प्रधानमन्त्री बालेन शाहले २ दिनमै सुकुम्बासीको समस्या समाधान गर्न सफल भएको भन्दै शाहलाई धन्यावद दिएका छन् । पुराना पार्टीहरुले सुकुम्बासीमाथि राजनिति गर्दै भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आएकोमा बालेन सरकारले बस्ती हटाउने मात्रै नभई दिगो व्यबस्थापनको पहलकदमी दिएको नेम्वाङको भनाई छ ।
९,, काठमाडौँ महानगरपालिकाले बालबालिकालाई मनोसामाजिक असरबाट बचाउन मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।
अव्यवस्थित बस्तीबाट होल्डिङ् सेन्टरमा लगिएका बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर न्यूनीकरण गर्न भोलिदेखि महानगरपालिकाले उनीहरुका लागि खेल तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको हो। यो कार्यक्रम सामाजिक विकास विभाग अन्तर्गत हुने बताइएको छ ।
१०,,
कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री शनिबार साँझ घुससहित प’क्राउ परेका छन्। २०८१ सालको पुस महिनामा गरिएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा अपराध अनुसन्धान शाखामा कार्यरत थापालाई सहकारी ठ गी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा योगदान दिएको भन्दै सम्मान गरिएको थियो।
प्रहरीले उनलाई इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक रूपमा सक्षम कर्मचारीका रूपमा प्रशंसा गर्दै सम्मान प्रदान गरेको थियो। तर, त्यही अधिकारीमाथि लागू औ षधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप लागेको हो। स्रोतका अनुसार, थापाले करिब ३ लाख रुपैयाँमा सहमति गरेकोमध्ये प्रारम्भिक रूपमा ५० हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रं गेहात नियन्त्रणमा लिएको हो।
११,,रसुवागढी भन्सार कार्यालयबाट ९ महिनामा करिब६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ।
१३,,रुपन्देहीको कञ्चन गाउँपालिका-४ बेलडाँडामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। घरायसी विवादका क्रममा २४ वर्षीय सुनिल थारुले ५८ वर्षीय बुबा जंगबहादुर थारुको घाँटी थिचेर हत्या गरेका हुन्।आइतबार दिउँसो भएको उक्त घटनापछि फरार रहेका सुनिललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। स्थानीयका अनुसार लागूपदार्थ दुर्व्यसनीमा फसेका सुनिलको आक्रमणबाट बेहोस भएका जंगबहादुरलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। अदालतबाट म्याद थप गरी हाल उनीमाथि कानुनी कारबाहीको प्रक्रिया चलिरहेको छ।
१३,,सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् ।भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका उनले स्थानीयसँग वि’वाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही विषय छानबिनका लागि उनलाई बाहिनी तानिएको हो ।
१४,,मोरङमा चट्याङ लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–२ पैटाकी ३० वर्षीया भाल्सादेवी ऋषिदेवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको हो।
१५,,बाजुराको जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय महेश रावल स्काभेटर दुर्घटनामा परी मृत अवस्थामा फेला परेका छन्। कालिकोट सीमास्थित लौखूडाँडामा सडक सफा गर्ने क्रममा स्काभेटर करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा चालकसहित ३ जना सवारमध्ये २ जना सकुशल रहे पनि रावल बेपत्ता भएका र खोजीका क्रममा उनी ३०० मिटर तल मृत अवस्थामा भेटिएका हुन्।
घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सडक अहिले सुचारु भएको छ।
१६,,जापानको उत्तरी टापु हो काइडोमा सोमबार बिहान ६:२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झड्काको सम्भावना बढेको भन्दै सतर्कता बढाएको छ।
१७,,पश्चिम अफ्रिकी मुलुक मालीमा शनिबार राजधानीसहित विभिन्न ठाउँमा भएको समन्वित ह’मलामा रक्षामन्त्री सादियो कमाराको मृ’त्यु भएको छ। आत्मघा’ती आ’क्रमणमा उनको निवास ध्व’स्त हुँदा परिवारका सदस्यसहित केही सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ। हमलाको जिम्मा अलकायदासँग सम्बद्ध समूहले लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
१८,,लेबननको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायलको आक्रमणमा दुई बालबालिका र दुई महिलासहित १४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको जनाएको छ।
१९,,साताको कारोबारको दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर २७९६ दशमलव ४३ बिन्दुमा पुगेर बन्द भएको छ।
२०,,हिजोको तुलनामा आज सुन प्रतितोलामा १३०० ले बढेको छ। नेपाल सुनचादी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला ३५०० मा कारोबार हुँदै



































