अमेरिका–इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न लक्षित शान्ति सम्झौतामा आज हस्ताक्षर हुने दाबी गरेका छन्। तर, इरानले भने सम्झौताको मिति र समयबारे अझै निश्चित नभएको जनाएको छ।

 

 

 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौतापछि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने बताएका छन्। उनका अनुसार आइतबार नै सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ र त्यसपछि जलमार्ग सबैका लागि खुला हुनेछ।

यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौता कहिले हुने भन्ने विषयमा अझै स्पष्टता आइनसकेको बताएका छन्। उनले तत्कालै हस्ताक्षर हुने सम्भावना कम रहेको संकेत दिएका छन्।

शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता टुंगो लाग्न सक्ने अपेक्षा व्यक्त गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत सम्झौता अन्तिम चरणमा पुगेको र विद्युतीय हस्ताक्षरको तयारी भइरहेको जानकारी दिएका छन्।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीका अनुसार प्रस्तावित सहमतिमा हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको छ। आणविक कार्यक्रमसम्बन्धी छलफल भने पछि अघि बढाइने बताइएको छ।

अमेरिकी पक्षले पनि इरानले आफ्ना प्रतिबद्धता पूरा गरेपछि मात्र आर्थिक लाभ उपलब्ध गराइने स्पष्ट पारेको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनावका कारण हर्मुज जलडमरूमध्य प्रभावित भएको थियो। अप्रिलमा युद्धविराम भए पनि पछिल्ला महिनाहरूमा दुवै पक्षबीच छिटफुट सैन्य गतिविधि जारी रहँदै आएका छन्।

  • Related Posts

    असमको जोरहाट एयरबेसमा भारतीय वायुसेनाको विमान दुर्घटना, अवतरणलगत्तै सल्कियो आगो

    अासमको जोरहाट एयरबेसमा भारतीय वायुसेनाको विमान दुर्घटना, अवतरणलगत्तै…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *