असार ०३, काठमाडाैं
कारागारभित्रै कैदीको मृत्यु भएपपछि अदालतले कडा फैसला दिदै प्रहरी असई सहित ७ जना प्रहरिलाई जन्मकैदको सजाय सुनाएको छ ।
केही समय अगाडी संखुवासभा जिल्ला कारागारमा एक कैदीको मृत्यु भएको घटनामा जिल्ला अदालतले उक्त फैसला सुनाएको हो।अदालतले घटनामा संलग्न ७ जना प्रहरीसहित १५ जनालाई हत्या अभियोगमा दोषी ठहर गर्दै, जन्मकैदको सजाय सुनाएको छ । सो घटनाले कारागारभित्रको सुरक्षा व्यवस्था, बन्दीहरूको मानवअधिकार तथा प्रहरी आचरणमाथि गम्भीर प्रश्न उठाएको थियो।
अदालतको यो फैसलाले कानुनभन्दा माथि कोही छैन, अपराध गर्ने जोसुकै भए पनि सजाय भोग्नैपर्छ” भन्ने स्पष्ट सन्देश दिएको छ।



































