दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट

निर्वाचन सामग्री ढुवानी प्रक्रिया अघि बढ्यो

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।

१३ व्यवसायिक संस्था सूचीकरण

फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो । दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ ।

कुरियर सेवा प्रदायक छनोट

आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन् ।

हेलिकोप्टर सेवामा आवेदन नपरेको जनकारी

हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुनै पनि फर्मले निवेदन नदिएको आयोगले जनाएको छ, जसका कारण उच्च हिमाली क्षेत्रमा हवाई ढुवानी चुनौतीपूर्ण हुन सक्ने संकेत गरिएको छ ।

स्थलमार्गबाट ढुवानीका लागि ११ सेवा प्रदायक

यस्तै, स्थलमार्गबाट सामग्री ढुवानीका लागि ११ वटा ट्रक तथा कन्टेनर सेवा प्रदायक सूचीकरणमा परेका छन् । आयोगले सार्वजनिक सूचनामार्फत आएका निवेदनलाई शर्त र वार्षिक औसत कारोबारका आधारमा मूल्याङ्कन गरी सेवा प्रदायक चयन गरेको जनाएको छ ।

आवश्यकता अनुसार सेवा प्रदायक परिचालन हुने

सूचीकरण भएका संस्थालाई आवश्यकता अनुसार निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गरिने आयोगले जनाएको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *