देउवालाई अभिभावकको भूमिकामा आउन गगन थापाको आग्रह

देउवालाई अभिभावकको भूमिकामा आउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

केन्द्रीय समिति बैठकअघि गगन थापाको धारणा

शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे ।

कांग्रेस एक ढिक्का हुने विश्वास

उनले भने,‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला । हामी सबै एक ठाउँमा आउनुपर्छ ।’

आगामी दिनमा एकताबद्ध कांग्रेस

त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए ।

नयाँ कांग्रेस र नयाँ समाज निर्माण

त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माले पनि देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरे । उनले नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए ।

सबैको आशीर्वाद आवश्यक

देउवासँग संवाद वा आशीर्वाद लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी सबैको आशीर्वाद चाहन्छौँ ।’

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *